कांग्रेस पार्टी कार्यालयको एमाले नेताहरूद्वारा अवलोकन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ccf9d810697.jpg

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहितका नेताहरूले ’जेनजी’ प्रदर्शनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाको अवलोकन गरेका छन् ।

आज बिहान कांग्रेस कार्यालय पुगेका एमाले नेताहरूले क्षतिको अवस्थाबारे जानकारी लिएका हुन् । अवलोकनमा उपाध्यक्षहरू गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई र नेता अमृतकुमार बोहरा लगायतका नेताहरूको सहभागिता थियो ।

कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले एमाले नेताहरूलाई क्षतिको विवरणबारे जानकारी गराएका थिए । श्रेष्ठले भने, ‘एउटै समूहले योजनाबद्ध रूपमा क्षति पुर्याएको हो । पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए ।’


Facebook Comments