गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, चौतर्फी आलोचना


काठमाडौं । इजरायलले गाजामा आफ्नो सैन्य कारबाही तीव्र बनाइरहेका बेला संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा पेस भएको तत्काल र स्थायी युद्धविरामको प्रस्तावलाई भिटो गरेको छ ।
परिषद्का १५ मध्ये १४ सदस्यले प्रस्तावको समर्थन गरेका थिए । यस प्रस्तावमा ‘गाजामा सबै पक्षले सम्मान गर्ने तत्काल, बिना शर्त र स्थायी युद्धविराम’, हमासद्वारा राखिएका सबै बन्धकहरूको रिहाइ र मानवीय सहायतामा लगाइएका प्रतिबन्ध हटाउन आह्वान गरिएको थियो ।
अमेरिकी भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उपविशेष दूत मोर्गन ओर्टागसले प्रस्तावले हमासको निन्दा नगरेको र इजरायलको आत्मरक्षाको अधिकारलाई मान्यता नदिएको भन्दै यसले ‘हमासलाई फाइदा पुग्ने झूटा कथालाई वैधानिकता दिने’ तर्क गरे ।
अमेरिकी कदमको प्यालेस्टिनी र अरब प्रतिनिधिहरूले भने तीव्र आलोचना गरेका छन् । प्यालेस्टिनी दूत रियाद मन्सुरले परिषद्को यो मौनताले विश्वसनीयतामाथि प्रश्न उठाएको बताए ।
अल्जेरियाका राजदूत अमर बेन्दजामाले ’हाम्रो निष्कपट प्रयास पनि अस्वीकारको पर्खालसँग ठोक्कियो’ भन्दै निराशा व्यक्त गरे । यता, इजरायली राजदूत ड्यानी डेननले अमेरिकाको भिटो समर्थनप्रति आभार व्यक्त गर्दै गाजामा इजरायलको युद्धलाई कुनै औचित्य आवश्यक नभएको बताए ।
Facebook Comments