कालीगण्डकी लोकमार्ग भासियो, मर्मतमा समस्या


पर्वत । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको पर्वत खण्डअन्तर्गत फलेबास नगरपालिका–११ पाङ्राङमा सडक भासिएको छ । यसले गर्दा यातायात सञ्चालनमा समस्या देखिएको छ ।
लोकमार्ग निर्माणको काम सम्पन्न भइसकेको स्थानमा पनि सडक भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ । अहिले एकतर्फी रूपमा मात्र सवारीसाधन सञ्चालन भइरहेको कालीगण्डकी करिडोर आयोजना कार्यालय, पाल्पाका इन्जिनियर पिपुल गौतमले जानकारी दिए ।
इन्जिनियर गौतमका अनुसार, सडकको काम सम्पन्न भएपछि कुन निकायले जिम्मा लिने भन्ने स्पष्ट नहुँदा मर्मत तथा रेखदेखमा समस्या आएको छ । राष्ट्रिय सडक सञ्जालमा सूचीकरण नहुँदा सडक विभागले मर्मतको काम गर्न पाएको छैन ।
यसैबीच, लोकमार्गको पर्वत खण्डमा पर्ने १४ किलोमिटरको फलेबास–अर्मादी सडकखण्ड निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको छ ।
यस खण्डमा समयमा काम नहुँदा कालोपत्रको टेन्डरसमेत आह्वान हुन नसकेको र चालु आर्थिक वर्षमा बजेटको सुनिश्चितता पनि नभएको कार्यालयले जनाएको छ ।
Facebook Comments