बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला २ हजार ६२० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ६८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments