देशका ७ सडकखण्ड अवरुद्ध, दर्जनौं ठाउँमा यातायात सेवा प्रभावित

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cf9447662de.jpg

काठमाडौं । देशका विभिन्न सात स्थानमा आएको पहिरो र बाढीका कारण सडक अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार, आज बिहानसम्म जाजरकोट–डोल्पा खण्ड, म्याग्दीको बेनी–दरवाङ खण्ड, चितवनको मुग्लिङ–नारायणगढ खण्ड, रसुवास्थित नेपाल–चीन जोड्ने मितेरी पुल, रुकुमपश्चिमको भेरी करिडोर, र भोटेकोशीको अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

जाजरकोटको नलगाड नगरपालिका–११ मा सुख्खा पहिरो खसेपछि यो सडक पूर्ण रूपमा बन्द भएको छ । चितवनको तुइन खोलामा असोज ३ गतेदेखि निरन्तर पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । बाढीले मितेरी पुलमा क्षति पुर्याएपछि चीन नाका जोड्ने पुलमा सवारीसाधन आवतजावत बन्द भएको छ ।

यसैबीच, मनसुन सक्रिय रहेकाले दुर्घटनाको जोखिम कम गर्न अर्को सूचना नआएसम्म बिपी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म भाडाका सवारीसाधनलाई रोक लगाइएको छ । यद्यपि, निजी सवारीसाधन भने सञ्चालनमा छन् ।


Facebook Comments