ओलीले प्रधानमन्त्री कार्यालयमा तानेका तीन शक्तिशाली निकाय फिर्ता हुँदै


काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेका राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) लाई पुरानै मन्त्रालयमा फिर्ता गर्ने तयारी भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले यो निर्णय गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । निर्णयअनुसार, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइनेछ भने राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमै फर्काइनेछ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल फागुन १६ गते यी तीनै शक्तिशाली निकायलाई आफ्नो मातहतमा राखेका थिए । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि यी निकाय फिर्ता गर्ने बहस चलेको थियो, तर कुनै पहल भएको थिएन ।
Facebook Comments