देउवानिकट नेताहरू छलफलमा, नेतृत्व परिवर्तनको बहसमा असन्तुष्टि


काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू बदलिँदो राजनीतिक घटनाक्रमबारे छलफलमा जुटेका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा आज विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महत लगायतका नेताहरू छलफलमा सहभागी भएका थिए ।
यो बैठक पार्टीभित्र सुरु भएको नेतृत्व परिवर्तनको बहसमा केन्द्रित रहेको अनुमान गरिएको छ । बैठकमा सहभागी पूर्वपदाधिकारीहरूले विशेषगरी ‘जेनजी’ आन्दोलनपछि पार्टीमा देखिएको नयाँ बहस र महामन्त्रीहरूको अडानका विषयमा छलफल गरेका छन् ।
उनीहरू सबै सभापति देउवानिकट मानिन्छन् ।
Facebook Comments