सबै कमिटी भङ्ग गरी मंसिरमा नयाँ नेतृत्व चयन गर्ने माओवादीको निर्णय


काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले पार्टीको विद्यमान सबै कमिटी भङ्ग गरी आगामी मंसिरमा चुनावमार्फत नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा थप सशक्त बनाउन केन्द्रीय कमिटी भङ्ग गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्तावलाई आगामी केन्द्रीय कमिटी बैठकमा अनुमोदनका लागि पेश गरिने र नयाँ नेतृत्व चयनको प्रक्रिया मंसिरमा सम्पन्न हुने बताइएको छ ।
Facebook Comments