श्रमदानबाट पातीचौर–लप्सीबोट सडक मर्मत

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cfaf1f3f6c5.jpg

पर्वत । मोदी गाउँपालिकाको पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । कुनै पनि निकायबाट सहयोग नपाएपछि मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का करिब चार सय जनाले श्रमदान गरी सडक खुलाएका हुन् ।

विसं २०५८ मा खोलिएको यो सडक कोरुङ्गा र दोबाटोबाट खसेको पहिरोले करिब दुई किलोमिटर खण्डमा क्षतिग्रस्त भएको थियो । सडक अवरुद्ध हुँदा मोदी गाउँपालिका–१, २ र ३ लाई मध्यपहाडी लोकमार्गसँग जोड्ने मुख्य मार्ग नै बन्द भएको थियो ।

पूर्व वडाध्यक्ष विकास तिमिल्सिनाका अनुसार, स्थानीयवासीले झन्डै ४ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन ्। सडक मर्मतपछि चाडपर्वमा आवतजावत गर्ने यात्रुहरूलाई सहज हुने भएको छ ।

यसअघि भू तथा जलाधार व्यवस्थापन कार्यालयमार्फत पहिरो नियन्त्रणका लागि ३३ लाख रुपैयाँको काम सुरु गरिएको भए पनि गत असारमा आएको पहिरोले काम पूरा हुन नपाउँदै सडक बगाएको थियो ।


Facebook Comments