१११ अंकले बढ्यो नेप्से, ९ अर्बभन्दा बढीको कारोबार


काठमाडौं । गत हप्ता नकारात्मक सर्किट लागेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १११.७० अंकले बढेको छ । नेप्से परिसूचकमा आज ४.४४ प्रतिशतको वृद्धि देखिएको हो ।
आज ३२९ कम्पनीको २ करोडभन्दा बढी कित्ता शेयर ९ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ । आज म्युचुअल फन्ड र निर्जीवन बिमा बाहेकका सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूहमा ८.६६ प्रतिशतको वृद्धि भएको छ ।
आजको कारोबारमा १३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ, जसको ८३ करोड १३ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।
Facebook Comments