भुटानी शरणार्थी प्रकरणमा हटाइएका डा.मनोज केसीलई सीआईबी प्रमुखको जिम्मेवारी

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d00f7c6b1ad.jpg

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी नियुक्त भएका छन् । हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए । 

यसअघिका सीआईबी प्रमुख समेत रहेका चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक नियुक्त भएपछि सीआईबी प्रमुख रिक्त  थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणविरुद्ध अनुसन्धान अगाडि बढाउँदा त्यहाँबाट हटाइएका एआईजी केसी फेरि सीआईबी प्रमुखका रुपमा सरुवा भएका हुन् । त्यसबेला उनी डीआईजीको हैसियतमा त्यहाँ कार्यरत थिए ।  


Facebook Comments