नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु

User Image मेयरसाप डेस्क | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/congress.jpg

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि सोमबारदेखि हस्ताक्षर अभियान सुरु भएको छ । ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेपछि  विशेष महाधिवेशन आव्हान गर्न सकिने भएकाले नेताहरुले हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान चलाएका छन् ।

केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउन सकिने विधानमा उल्लेख गरिएको छ । 

विशेष महाधिवेशनको निर्णय केन्द्रीय समितिबाट हुने सम्भावना क्षीण रहेकाले हस्ताक्षर अभियान सुरु गर्नु परेको अभियान्ता नेताहरुको भनाइ छ ।


Facebook Comments