जेनजी आन्दोलनका क्रममा छानबिनको माग उठेका गृहसचिव दुवाडीलाई जिम्मेवारीबाट हटाइयो


काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारीबाट गोकर्णमणि दुवाडीलाई हटाएको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले जेनजी आन्दोलनमा दमनकारी भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो ।
यसअघि भिजिट भिसा प्रकरणमा नाम मुछिएको भएपनि उन्मुक्ति पाइरहेका दुवाडी सरकार परिवर्तनको करिब डेढ सातासम्म गृहमन्त्रालयकै जिम्मेवारीमा थिए ।
अहिले उनलाई योजना आयोगको सचिवालमा जिम्मोवरी तोकिएको छ । सरकारले गृहसचिव दुवाडीसहित रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको पनि सरुवा गरेको छ ।
Facebook Comments