काठमाडौंको दहचोकमा महिलाको ह*त्या, छिमेकी युवक पक्राउ

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d4e43a19db7.jpg

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१, दहचोकस्थित खहरे थापागाउँमा एक वृद्ध महिलाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले सोही ठाउँका एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार, पक्राउ पर्नेमा ३२ वर्षीय सरोज थापा छन् । उनले माइतीघरमा बसिरहेकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोप लागेको छ । पवित्राको घर भने चन्द्रागिरि नगरपालिका–६, चेकपोष्ट महादेवस्थान हो ।

प्रहरीका अनुसार, दाउराको चिर्पटले टाउकामा हानेर केसीको हत्या गरिएको थियो । हत्याको कारण भने खुल्न सकेको छैन र प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मृतक महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।


Facebook Comments