धनगढीमा बेपत्ता ११ वर्षीया बालिका मृ*त भेटिइन्

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d769546d3be.jpg

धनगढी । धनगढीमा बिहीबार साँझदेखि बेपत्ता भएकी एक बालिका शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा फेला परेकी छिन् ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३, चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

रानाको शव नदीमा निर्वस्त्र अवस्थामा भेटिएको र शवभन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडाहरू फेला परेका छन् ।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धानका लागि परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।


Facebook Comments