ओलीकाे दाबी : ‘जेनजी प्रदर्शनका क्रममा मलाई मार्ने योजना थियो’

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d76b5db6db8.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गतेको प्रदर्शनका क्रममा आफूलाई मार्ने योजना रहेको दाबी गरेका छन् । 

भक्तपुरको गुण्डुमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अध्यक्ष पासाङ शेर्पासहितको समूहसँगको भेटमा ओलीले सो कुरा बताएका हुन् । ओलीले आफू बालुवाटारबाट पाँच मिनेट मात्रै ढिला निस्केको भए ज्यान जाने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने योजना रहेको सुनाए ।

‘हठात् सत्ता पल्टाउने घटना’ भएकोले आफूले तयारी गर्न नपाएको बताउँदै उनले सुरक्षाकर्मीहरूमाथि भरोसा भए पनि ‘केही गर्न सक्दैनौं’ भनेको दाबी गरे । ओलीका अनुसार, दिउँसो २ बजे प्रधानमन्त्रीबाट राजीनामा दिएपछि अन्तिममा नेपाली सेनाले हेलिकोप्टरमार्फत् शिवपुरी पुर्याएर भगाएको थियो ।

यो घटनालाई देशै जलाउने महाआपराधिक घटना भन्दै ओलीले एमालेको कमजोरीका कारण देशका सम्पत्तिको रक्षा गर्न चुकेको विश्लेषण समेत गरे । उनले देशद्रोही, अपराधी तत्त्वहरू विभिन्न पद र ओहोदामा पुगेको टिप्पणी गर्दै अब एमाले हुँदाहुँदै यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाए ।


Facebook Comments