एक सातामै साढे ६ हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि कीर्तिमान

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d7744fecc44.jpg

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले गत साता ठूलो उतारचढावका साथ उच्च वृद्धि भएको छ भने चाँदीले पनि हालसम्मकै उच्च मूल्यको कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक साताको अवधिमा सुनको मूल्य तोलामा ६,५०० रुपैयाँले बढेको छ ।

असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य हिजो शुक्रबार २ लाख २२ हजार ५०० रुपैयाँ पुगेर साताको कारोबार रोकिएको छ । साताभर उतारचढाव देखिँदा असोज ८ गते तोलामा २ लाख २३ हजार रुपैयाँसम्म पुगेर सुनले कीर्तिमानी मूल्य कायम गरेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । असोज ३ गते तोलामा २,५८० रुपैयाँ रहेको चाँदीको मूल्य साताभरमा १६० रुपैयाँले बढेर शुक्रबार तोलामा २,७४० रुपैयाँ कायम भयो, जुन हालसम्मकै उच्च मूल्य हो ।

चाँदीको मूल्य असोज ८ गते २,७०० रुपैयाँ पुगेर पनि ९ गते घटेर २,६८५ मा झरेको थियो, तर शुक्रबार भने पुनः उछाल आएको महासंघले जनाएको छ ।


Facebook Comments