एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक, कति परीक्षार्थी भए उत्तीर्ण?

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d778118596f.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज (शनिबार) एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले दिएको जानकारीअनुसार, पूरक परीक्षामा कूल ८३ हजार ५६४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको परीक्षामा १ लाख ४३ हजार २५७ जना परीक्षार्थी सहभागी भएका थिए । 

उत्तीर्ण भएका बाहेक ५९ हजार ६९३ जना परीक्षार्थी भने अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका छन् ।

बोर्डले गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूलाई मात्र पूरक परीक्षामा सहभागी गराएको थियो ।


Facebook Comments