ओलीले भने– ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाउन सकिन्न’

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d7996c0d10e.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान सुशीला कार्की नेतृत्वको सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको दाबी गरेका छन् । सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् ।

ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचारमुक्त रहेको जिकिर गर्दै वर्तमान सरकारलाई चुनौती दिएका छन् । उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति र कर्मचारीलाई दिएको निर्देशन सार्वजनिक गरोस्, हामी सबै पारदर्शी ढङ्गबाट गर्छौं ।’

सरकारले पासपोर्ट रोक्ने हल्ला सुनेको भन्दै आक्रोश व्यक्त गर्दै ओलीले भने, ‘के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ?’ उनले देश बनाउनुपर्ने र एमालेले फेरि पनि देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।


Facebook Comments