...सावधान एमाले छ, बालेनको खेल सफल हुन दिन्नौं : महेश बस्नेत

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d79bb4999a5.jpg

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेपालमा संविधान जलाउने प्रयास भइरहेको दाबी गर्दै आफ्नो पार्टीले त्यो सफल हुन नदिने बताएका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘सावधान, नेकपा एमाले छ... हामी लोकतन्त्र मार्न दिँदैनौं। हामी संविधान जलाउन दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने जिकिर गरे । बस्नेतले जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेल सफल हुन नदिने बताएका हुन् ।

बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएपछि मात्रै सिंहदरबार, संसद् र सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको गम्भीर आरोप लगाए ।

उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू उल्लेख गर्दै एम्बुलेन्सबाट गोली चलाइएको, स्कुल ड्रेस लगाएकाले गोली हानेको, १४ हजार बढी कैदी भगाइएको र हजारौँ प्रहरीका हतियार लुटिएको दाबी गरे ।


Facebook Comments