पूर्वराजा शाहले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d8bcdbec674.jpg

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने घोषणा गरेका छन् । देश चरम विध्वंश र शोकको स्थितिमा रहेको भन्दै उनले शुभकामना सन्देशमार्फत यस्तो जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौ ।’ उनले विगतमा झैं बृहत् रूपमा टीका–जमरा प्रदान नहुनेबारे आम शुभेच्छुक नागरिक समुदायलाई जानकारी दिए ।

पूर्वराजा शाहले जनमनोभावनाको ख्याल राखेर राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा समयसापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेकोमा जोड दिएका छन् ।

उनले आधुनिक प्रविधि र वैज्ञानिक दक्षता लाई ग्रहण गर्दै भौतिक विकासलाई अघि बढाउनुपर्ने धारणा राखे । उनले नवदुर्गा भवानीले सबैलाई दिव्यपथतर्फ अग्रसर राखुन् भन्ने कामना गरे ।


Facebook Comments