जेन–जी आन्दोलनमा साढे ६ हजारभन्दा बढी गो*ली प्रहार


काठमाडौं । भदौ २३–२४ गते भएको जेनजी प्रदर्शन नियन्त्रणमा लिन नेपाल प्रहरीले ठूलो मात्रामा शक्ति प्रयोग गरेको आन्तरिक प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रहरी प्रधान कार्यालयले डीआईजी दीपक रेग्मीको नेतृत्वमा तयार पारेको विवरणअनुसार सुरक्षाकर्मीले ६ हजार ५ सय राउन्डभन्दा धेरै गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार गरेका थिए ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, देशभर ४ हजार राउन्ड जङ्गी गोली र २ हजार ५ सय राउन्डभन्दा बढी रबर बुलेट प्रहार भएको थियो । यसबाहेक, भीड तितरबितर पार्न २ हजार ५ सयभन्दा धेरै ब्ल्याङ्क राउन्ड समेत फायर गरिएको थियो ।
प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन प्रयोग गरेको ८ हजार सेल अश्रुग्याँस मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ हजार सेल (बानेश्वर, माइतीघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा) प्रयोग भएको थियो ।
प्रहरी प्रधान कार्यालयको सुरक्षार्थ १ हजार ३ सय राउन्ड तथा मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस खर्च भएको पनि प्रतिवेदनमा उल्लेख छ । जेनजी आन्दोलनका क्रममा भएको गोलाबारुदको यो विवरण आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइएको छ ।
Facebook Comments