देश बनाउन हिँडेको योद्धा हुँ, कसैको प्रोपागान्डासँग डराउँदिनँ : तोसिमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले पार्टी संस्थापन पक्षलाई खुला विशेष महाधिवेशन गर्न चुनौती दिएकी छन् ।
पार्टीभित्र आफूविरुद्ध भइरहेको ‘बुली’ र ’मिडिया ट्रायल’ को विरोध गर्दै उनले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यो चुनौती दिएकी हुन् ।
‘हिम्मत भए संस्थापनले खुला विशेष अधिवेशन गरोस्,’ उनले भने, ‘पार्टी सभापतिको आशीर्वाद लिएर– लाखौँ कार्यकर्ता तथा शुभेच्छुकको मत लिएर दिइएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमासँग ।’
कार्कीले आफू कसैको प्रोपागान्डा र हेपाहा बोलीसँग रत्तिभर नडराउने बताइन् । पार्टीलाई सुदृढ बनाउने विषय उठाउँदा 'Get Out' भनेर ‘बुली’ गर्ने र राजीनामाको अफवाह फैलाउने माथि सार्वजनिक भण्डाफोर गर्ने उनको चेतावनी छ ।
ललितपुरका मतदाता र पार्टी पङ्क्ति छाडेर नभाग्ने बताउँदै उनले भनिन्, ‘देश बनाउन हिँडेको योद्धा हो । लड्छु ।’
Facebook Comments