सार्वजनिक माफी मागेर राजनीतिबाट सन्यास लिन ओलीलाई प्रभुको सुझाव


काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् ।
सर्लाहीको लालबन्दीमा आजपा मधेस प्रदेश कमिटीको बैठक एवम् चाडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले ओलीलाई गुण्डु निवासमा भेला गर्नुको सट्टा सार्वजनिक रुपमै माफी मागेर राजनीतिबाट सन्यास लिनु उपयुक्त हुने बताए ।
साहले आम माफी माग्दै सन्यास लिनुको साटो ओलीमा ’हठ, घमण्ड र अहङ्कार’ अझै कायमै रहेकोमा दुःख व्यक्त गरे । उनले नेकपा एमालेलाई समेत ओलीलाई अब अघि नबढाउन सुझाव दिए ।
Facebook Comments