नेपाली बजारमा सुनको मूल्यले बनायो नयाँ कीर्तिमान


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज हालसम्मकै उच्च कीर्तिमान कायम गरेको छ । साताको कारोबारको पहिलो दिन छापावाल सुन को मूल्य प्रति तोला २ लाख २३ हजार २०० रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार (साताको अन्तिम दिन) तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य आज ७०० रुपैयाँले बढेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३६० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजाबी सुनको मूल्यमा समेत वृद्धि भएको छ । शुक्रबार प्रति तोला २ हजार ७४० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आइतबार बढेर २ हजार ८१० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
Facebook Comments