जेन–जी प्रदर्शनको मौका छोपी भागेका १२ कैदी गोरखाबाट पक्राउ

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d8d0e8e2dba.jpg

गोरखा । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी लाई गोरखाबाट पक्राउ गरी सम्बन्धित स्थानमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका अनुसार पक्राउ परेकामध्ये कास्की कारागारका सात जना र केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी छन् ।

त्यस्तै, तनहुँ कारागारबाट भागेका एक र बालसुधार गृह सानोठिमी भक्तपुरबाट भागेकी एक जना लाई पनि पक्राउ गरिएको छ ।

एसपी विकले पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार तथा सुधार गृहमा चलान गरिसकिएको जानकारी दिए । 

एनका अनुसार पक्राउ परेकामध्ये अधिकांश गोरखाकै घर भएका कैदीबन्दी छन् । भागेका अन्य कैदीबन्दीको खोजी कार्य जारी रहेको पनि उनले बताए ।


Facebook Comments