चाडपर्वमा शान्ति सुरक्षा बलियो बनाउन सरकारलाई आयोगको निर्देशन
मेयरसाप डेस्क
|
२०८२ असोज १२ गते १५:२०
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका कार्यालयहरू दशैँ, तिहार र छठ पर्वको सार्वजनिक बिदाका दिनमा पनि खुला रहने भएका छन् । मानवअधिकार उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक घटनामा अनुगमन गर्नका लागि यस्तो व्यवस्था गरिएको हो ।
आयोगको केन्द्रीय कार्यालय (हरिहरभवन, ललितपुर) तथा सबै प्रदेश शाखा कार्यालयहरू बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्नेछन् ।
आयोगले विज्ञप्ति जारी गर्दै चाडपर्वका बेला अपराध, महँगी, कालोबजारी तथा सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन सरकारलाई निर्देशन दिएको छ । उल्लंघनका कुनै घटना घटेमा तत्काल आयोगका नजिकका कार्यालयमा जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।
Facebook Comments