चार जिल्लाबाट ६ जना अवैध लागूऔषधसहित पक्राउ

User Image मेयरसाप डेस्क | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dbb25309ce2.jpg

काठमाडौं । नेपाल प्रहरीले रुपन्देही, मकवानपुर, बर्दिया र इलाममा चलाएको छुट्टाछुट्टै अभियानमा अवैध लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

बुटवलबाट २६ वर्षीय मातृका अधिकारी र ३२ वर्षीय दीपक मल्ल ब्राउनसुगर (३ ग्राम ६१ मिलिग्राम) सहित पक्राउ परेका छन् । मकवानपुर बकैयाबाट ३१ वर्षीय रोजित लामिछाने खैरो हेरोइन (५१० मिलिग्राम) सहित पक्राउ परेका हुन् ।

भारतबाट पैदल आएका २० वर्षीय शिव चौधरी र २१ वर्षीय सन्तोष कुमार थारूलाई ब्राउनसुगर (१ ग्राम १५० मिलिग्राम) सहित बर्दिया बढैयातालबाट पक्राउ गरिएको हो ।

यस्तै इलाममा ३१ वर्षीय विशाल आचार्यलाई ब्राउनसुगर (३४० मिलिग्राम) सहित नियन्त्रणमा लिएको छ । प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


Facebook Comments