पहिरो खस्दा मुग्लिन–नारायणघाट सडक फेरि अवरुद्ध
No Author Assigned | २०८२ असोज १४ गते १०:४८
काठमाडौं । मुग्लिन–नारायणघाट सडक खण्ड मा पर्ने तुइन खोलाको पुल नजिकै पहिरो खस्दा सडक फेरि अवरुद्ध भएको छ ।
सडक डिभिजन भरतपुरले मंगलबार राति साढे ७ बजे वर्षाका कारण माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको जानकारी दिएको छ । डिभिजन कार्यालयका अनुसार, पहिरो हटाउनका लागि मेसिन पठाइएको छ ।
लगातार पहिरो खस्ने समस्याबाट यात्रुलाई सास्ती भएको भन्दै डिभिजनले रोकिएका सवारी साधनका चालकलाई संयमित भई लेन अनुशासन पालना गर्न अनुरोध गरेको छ ।
अघिल्लो साता यही ठाउँमा पहिरो खस्दा ४५ घण्टा सम्म यातायात अवरुद्ध भएको थियो ।
Facebook Comments