कञ्चनपुरमा जीप दु*र्घटना: २ वर्षीया बालिकाको मृ*त्यु, ८ जना घाइते

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da5de674acd.jpg

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३, सिउडीबागमा आज भएको बोलेरो जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

दैजी–जोगबुढा सडकखण्डमा से१ज ४१७ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

बेदकोट नगरपालिका–४ की करिब दुई वर्षीया बालिका युबिका पालको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन्, जसको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

घाइतेहरूमा कृष्णपुर र बेदकोट नगरपालिका तथा डडेल्धुराको परशुराम नगरपालिकाका व्यक्तिहरू छन् । जीपमा चालकसहित १० जना सवार थिए । दुर्घटनालगत्तै चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments