बाढीले बगाएको मितेरी पुलको निर्माण तीव्र


रसुवा । गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले बगाएको मितेरी पुल को पुनर्निर्माण कार्यले तीव्रता पाएको छ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार चिनियाँ प्राविधिकहरूले खोलाको पानीलाई ह्युमपाइपमार्फत एकत्रित गरेर नेपालतर्फको पिल्लर ठड्याउने काम गरिरहेका छन् ।
अहिलेकै गतिमा काम भएमा तिहारभन्दा अगाडि पुल निर्माण सम्पन्न हुने प्रजिअ पन्थीले बताए । यसैगरी, बाढीले जग खोतलेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने कुलुङखोला पुलको संरचना निर्माण पनि अघि बढाइएको छ ।
गल्छि–त्रिशुली मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाका इञ्जिनियर कुमार विक्रम पराजुलीका अनुसार यस पुलको निर्माण यही असोज २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । दसैँ लगत्तै बाँकी संरचना निर्माण सुरु गरिने उनले जानकारी दिए ।
Facebook Comments