वेस्ट इन्डिजलाई नेपालले दियो १२३ रनको लक्ष्य

User Image मेयरसाप डेस्क | २०८२ असोज १४ गते १७:४६
Image of https://mayorsap.com/storage/photos/10/68dc051ce8bbf.jpg

काठमाडौं । युएईको शारजाहमा जारी वेस्ट इन्डिजविरुद्धको टी–२०आई शृंखलाको अन्तिम खेलमा नेपालले पाहुना टोलीलाई १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मंगलबार भएको खेलमा नेपालले पूरै २० ओभर खेल्न नपाउँदै १९.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। अन्य ब्याट्सम्यानहरूले भने ठूलो स्कोर बनाउन सकेनन् । 

कप्तान रोहित पौडेलले १९, कुशल मल्लले १२, सन्दीप जोराले १४ र लोकेश बमले १० रन बनाए। गुल्शन झा र आदिल आलम रनआउट भएका थिए ।

वेस्ट इन्डिजका बलर रेमन सिमोन्ड्सले उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । जेसन होल्डर र अकिल हुसैनले पनि महत्त्वपूर्ण विकेट लिएका थिए । वेस्ट इन्डिज अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।


Facebook Comments