‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

User Image मेयरसाप डेस्क | ३ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Arrest-1_DV8Y21Yhja_Z9DwgP4Ka4.jpg

काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

निजलाई काठमाडौं महानगरपालिका-१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो ।  ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।


Facebook Comments