परिवर्तनको सारथी बन्न रास्वपा तयार हुनुपर्छ : सह–महामन्त्री आचार्य

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dcae69c3c60.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक मनोविज्ञानलाई आत्मसात् गर्न पार्टीभित्र परिवर्तन आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लामो धारणा सार्वजनिक गर्दै उनले ’नेपाली समाजले खोजेको परिवर्तनको सारथी बन्न रास्वपाभित्र पनि परिवर्तन आवश्यक छ’ भन्ने तथ्य सबैले स्वीकार्नुपर्नेमा जोड दिए । 

उनका अनुसार, गतिशील पार्टीमा विधान परिमार्जन, नेतृत्व चयन वा संगठनात्मक हेरफेर जस्ता आयाममा बहस हुनु सहभागितामूलक लोकतन्त्रको सूचक हो ।

तीन वर्षको यात्रामा रास्वपाले सुसंस्कृत राजनीतिक अभ्यास सुरु गरेको स्मरण गराउँदै आचार्यले परिवर्तनको यात्रा ’लहड’मा नभई कार्ययोजना र विधिभित्र रहेर गर्नुपर्ने बताए । उनले विधिको विकल्प नियत होइन भन्ने मूल सिद्धान्तलाई नबिर्सन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे ।

पछिल्लो समय पार्टी छोडेर जानेहरूप्रति सम्मान गर्नुपर्ने संस्कृति विकास हुनुपर्ने बताउँदै आचार्यले जाने साथीहरूले पार्टीलाई ’तुच्छ’ बनाउने प्रवृत्ति रोक्नुपर्ने आग्रह गरे । 

उनले पार्टी छाड्नेहरूलाई कुशासन र भ्रष्टाचारविरुद्ध ऊर्जा खर्च गर्न आग्रह गर्दै रास्वपाको आलोचनामा मात्र केन्द्रित नहुन अनुरोध गरे ।

“नयाँ भनिएको रास्वपा पुरानो भयो भन्ने लागेर अझ नयाँ बन्न खोज्नेहरूको नोकझोकले पुराना दललाई मात्र फाइदा पुर्याउँछ,“ उनी भन्छन् ।


Facebook Comments