ओली र लेखकको राहदानी रोक्का गर्ने निर्णयप्रति कांग्रेसद्वारा विरोध

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da77de45588.jpg

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखक सहितका पाँच उच्च पदाधिकारीको राहदानी रोक्का गर्ने र उपत्यका नछाड्न दिने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस वक्तव्य जारी गर्दै सरकारको यो कदमलाई राजनैतिक प्रतिशोधपूर्ण व्यवहार भनेका छन् ।

जेनजी आन्दोलन छानबिन आयोगको सिफारिसमा सरकारले ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा, र काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल को राहदानी रोक्का गर्ने निर्णय गरेको छ ।

कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन गर्ने र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई सचेत गराएको छ । यसअघि नेकपा एमाले निकट युवा संघले पनि यो निर्णयको विरोध गर्दै चेतावनी दिएको थियो ।


Facebook Comments