तोकिएको भन्दा बढी भाडा असुल्नेलाई तत्काल कारबाही हुन्छ : मन्त्री घिसिङ


काठमाडौं । यातायात मन्त्री कुलमान घिसिङले चाडबाडको मौका छोपेर तोकिएको भन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीहरूलाई तत्कालै कारबाही गरिने चेतावनी दिएका छन् ।
मन्त्री घिसिङले यात्रुहरूबाट निरन्तर गुनासो आइरहेको उल्लेख गर्दै कानून विपरीतका त्यस्ता क्रियाकलाप तत्काल बन्द गर्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।
उनले सचिवालयद्वारा जारी प्रेस नोटमा भनिएको छ, “यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने मौका रूपमा प्रयोग नगर्न, स्वीकृत भाडा दरभन्दा बढी असुल नगर्न र टिकटमा कालोबजारी नगर्न आग्रह गरिएको छ ।”
घिसिङले कानूनको प्रतिकूल हुने गरी कसैले भाडा असुलेको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न पनि यात्रुहरूलाई आह्वान गरे ।
Facebook Comments