असोज १७ गतेबाट धेरै ठाउँमा भारी वर्षाको सम्भावना

User Image मेयरसाप डेस्क | २०८२ असोज १५ गते २२:२६
Image of https://mayorsap.com/storage/photos/10/68dcb487690f5.jpg

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गते एकादशीबाट मनसुन थप सक्रिय हुने जानकारी दिँदै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गर्दै बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणाली नेपालमा प्रवेश गर्न लागेकाले मनसुनी गतिविधि बढ्ने जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अतिभारी वर्षा को समेत सम्भावना छ ।

दशैँको अन्ततिर मनसुन सक्रिय हुने भएकाले भू–क्षय, बाढी, पहिरो र सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भन्दै विभागले मौसमको अध्यावधिक जानकारी लिई सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।


Facebook Comments