सर्लाहीमा माटोको ढिस्को खस्दा ४ जनाको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ असोज १५ गते १८:३२
Image of https://mayorsap.com/storage/photos/10/68dcbf956615c.jpg

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको दुःखद मृत्यु भएको छ ।

आज बिहान करिब ९ः२० बजे माटो खनिरहेका उनीहरू ढिस्कोले पुरिएका थिए । मृत्यु हुनेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–६ का ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट खटिएको टोलीले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।

तर, अस्पतालले पौने ११ बजे चारै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी सहप्रवक्ता तथा इन्स्पेक्टर बलिस्टर सिंहले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि इन्स्पेक्टर सिंहकै नेतृत्वमा ११ जनाको टोली खटाएको छ ।


Facebook Comments