दशैँमा काठमाडौं सुनसान, सडकहरू खाली

User Image मेयरसाप डेस्क | २०८२ असोज १५ गते १७:०५
Image of https://mayorsap.com/storage/photos/10/68dcbdf5e6ec2.jpg

काठमाडौं । बडादशैँको आगमनसँगै संघीय राजधानी काठमाडौं उपत्यका सुनसान प्रायः बनेको छ । वर्षभरि रोजगारी, अध्ययन र व्यापारका कारण राजधानीमा रहेकाहरू परिवारसँगको पुनर्मिलन र चाडपर्वको उल्लासका लागि गाउँ फर्किएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार, दसैँका कारण उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको छ । विगतमा यात्रुले भरिने सार्वजनिक सवारीसाधन र मुख्य सडकहरू अहिले निकै खाली देखिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले दिएको जानकारी अनुसार, घटस्थापनादेखि मंगलबारसम्म (८ दिनको अवधिमा) मात्र पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडिसकेका छन् ।

राजधानी सुनसान बन्दै जाँदा ग्रामीण बस्तीहरू भने जीवन्त र रमाइलो भएका छन् । सामाजिक सञ्जालमा टीका र जमरा छर्ने तयारी तथा पुनःभेटका भावनात्मक क्षणहरूका दृश्यहरू प्रशस्त देखिन थालेका छन्, जसले दशैँलाई परिवारसँग बिताउने र मेलमिलाप बढाउने पर्वका रूपमा स्थापित गरेको छ ।


Facebook Comments