दशैँका कारण मनकामना केबलकार तीन दिन बन्द हुने
No Author Assigned | २०८२ असोज १५ गते ११:०७
मुग्लिन । मनकामना माई मन्दिरसम्म दर्शनार्थीहरूलाई सहज सेवा दिँदै आएको मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले दिएको जानकारीअनुसार, असोज १५ गते (आज) देखि १७ गतेसम्म केबलकारको सेवा पूर्ण रूपमा बन्द रहनेछ ।
नेपालको पहिलो केबलकारका रूपमा परिचित यो सेवा असोज १८ गतेदेखि पुनः नियमित सञ्चालनमा आउने उनले बताए ।
Facebook Comments