सपना बोकेर गएका १ सय ४२ नेपाली बाकसमा फर्किए

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dceccc71298.jpg

काठमाडौं । परिवारको छाक टार्ने सपना बोकेर दैनिक करिब २,५०० नेपाली युवा विदेश उड्छन्, तर तीमध्ये धेरैको सपना परदेशमै टुट्ने गरेको छ । सपनाको झोला बोकेर गएका उनीहरू लाश बनेर बाकसमा कैद भई फर्कने क्रम बढिरहेको छ ।

वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२\०८३ को पहिलो दुई महिना (साउन र भदौ) मा मात्रै १४२ जना नेपालीको शव नेपाल ल्याइएको छ। भदौ महिनामा मात्रै ९९ जनाको शव नेपाल भित्रिएको थियो ।

बोर्डले ८३ जनाको शव विदेशबाटै नेपालसम्म झिकाएको थियो । श्रम स्वीकृति लिई गएका मृतक कामदारको शव एयरपोर्टदेखि घरसम्म निःशुल्क ढुवानी बोर्डले गर्दै आएको छ ।

साउन र भदौमा २६८ जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको परिवारलाई बोर्डले १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्दछ ।

अंगभंग वा बिरामी भएका श्रमिकलाई ७ लाख रुपैयाँसम्म उपचार खर्च र मृतक तथा पूर्ण अशक्त भएका कामदारका सन्तानलाई वार्षिक रु १२ हजारदेखि रु १६ हजारसम्म छात्रवृत्ति प्रदान गरिन्छ ।

गत आर्थिक वर्ष २०८१\०८२ मा १,०८६ जनाको शव ढुवानी गरिएको थियो । बोर्डले मृत्यु वा अंगभंग भएको १ वर्षभित्र निवेदन दिइसक्नुपर्ने सर्त तोकेको छ ।


Facebook Comments