प्रम कार्कीले भनिन्– सरकारमा हुनेको बुद्धि नपुगेर ७६ जनाको ज्यान गयो

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de7f30dbe72.jpg

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवा आन्दोलनका क्रममा भएको ७६ जनाको दुःखद निधनलाई सरकारमा भएकाहरूको बुद्धि नपुगेकै कारणले भएको दुर्घटना भन्दै स्वीकार गरेकी छन् ।

विजया दशमीको दिन उनले जेनजी युवा आन्दोलनमा ज्यान गुमाएका शहीद परिवारसँग भेटघाट गर्ने क्रममा यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, “दुःखद् घटना भयो। सरकारमा हुनेको बुद्धि पुगेन जसकारण यो दुर्घटना भयो ।”

राज्यले मृतकलाई फर्काउन नसके पनि उनीहरूका परिवारलाई सहयोग गर्ने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता जनाइन् । उनले बाबु/आमा गुमाएका बच्चाहरूको पढाइ र रोजगारी का लागि सरकारले सोचिरहेको बताइन् ।

कार्कीले देश अझै पीडामा रहेको भन्दै यस वर्ष टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको जानकारी दिइन् ।

भेटघाटका क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि साथमा थिए । मन्त्री खरेलले शहीदहरूको बगाएको रगतमाथि अन्याय हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी युवा आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो भने सयौँ मानिस घाइते भएका थिए ।


Facebook Comments