धनगढीमा बस दु*र्घटना : एक जनाको मृ*त्यु, १२ घाइते

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0f9b6537d7.jpg

सुदूरपश्चिम । धनगढीबाट पोखराका लागि छुटेको बा २ ख १९०७ नम्बरको यात्रुबाहक बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक चक्रबहादुर देउवाका अनुसार, दुर्घटनामा धनगढी उपमहानगरपालिका–४ का ६२ वर्षीय गणेशबहादुर शाहीको मृत्यु भएको हो ।

बसमा सवार सबै १२ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


Facebook Comments