मन्त्री घिसिङद्वारा चोभार गल्छी र काठमाडौं करिडोरको निरीक्षण

User Image मेयरसाप डेस्क | ११ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0faa1b205d.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ तथा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले आज चोभार गल्छी क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

देशभर भारी वर्षाको जोखिम बढिरहेका बेला मन्त्री घिसिङले धोबीखोला, मनोहरा, विष्णुमती, र वाग्मती करिडोर लगायतका नदी किनारका क्षेत्रहरूको पनि अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।

निरीक्षणपछि उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाएर बस्न आग्रह गरेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ ।


Facebook Comments