आधिकारिक खातामा मात्र सहयोग रकम जम्मा गर्न अर्थ मन्त्रालयको आग्रह

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0fb27e7f7b.jpg

काठमाडौं । अर्थ मन्त्रालयले जेन–जी आन्दोलनका सहिद परिवारलाई राहत र घाइतेको उपचार का लागि स्वदेश तथा विदेशमा सङ्कलित सहयोग रकम दुरूपयोग हुनबाट रोक्न आधिकारिक खातामा मात्र जम्मा गर्न अनुरोध गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले सहयोग रकम पारदर्शी र जवाफदेही ढङ्गले परिचालन गर्नका लागि ’भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ को नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं– १९६०१००१०२०७०००४ मा मात्र जम्मा गर्न आग्रह गरेको हो ।

सुशासन र भ्रष्टाचारमुक्त नेपालको मागसहित भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सहयोग रकम विभिन्न गैर सरकारी सङ्घ संस्थाहरूमा जम्मा भइरहेको भन्दै मन्त्रालयले पारदर्शिता कायम गर्न यो आग्रह गरेको हो ।


Facebook Comments