काठमाडौं उपत्यकाका नदीहरूमा सतर्कता तह पार


काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तरको वर्षाले बागमती नदी र यसका सहायक नदीहरूको जलस्तर बढेको छ, जसका कारण बाढीको जोखिम उच्च भएको छ ।
ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको जलस्तर सतर्कता तह (३.५ मिटर) लाई पार गर्दै ३.५८ मिटर पुगेको छ ।
मनोहरा खोलाको बालकुमारी केन्द्रमा पनि जलस्तरले सतर्कता तह (४.४ मिटर) पार गरेको छ, भने नख्खु खोला मा पनि जलस्तर बढिरहेको छ ।
मौसमविद्हरूका अनुसार, आगामी २४ घण्टासम्म वर्षा निरन्तर हुने सम्भावना छ, जसले गर्दा गत वर्षको जस्तै डुबानको जोखिम निम्त्याउन सक्छ ।
प्रशासनले हनुमन्ते, विष्णुमति, नख्खु (मेडिसिटी आसपास), कालिमाटी र बल्खु तरकारी बजार लगायतका क्षेत्रलाई उच्च डुबान जोखिम क्षेत्र घोषणा गर्दै स्थानीय बासिन्दालाई सुरक्षित र सतर्क रहन आग्रह गरेको छ ।
Facebook Comments