विपद् उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न गृहको आग्रह


काठमाडौं । गृह मन्त्रालयले भारी तथा अति भारी वर्षा का कारण आउन सक्ने बाढी, पहिरो तथा डुबान प्रभावितहरूको खोज, उद्धार र राहत कार्यका लागि निजी हेलिकप्टरहरूलाई तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न वायु सेवा सञ्चालक संघलाई अनुरोध गर्दै पत्राचार गरेको छ ।
मन्त्रालयले शनिबार पत्राचार गर्दै लिखित वा मौखिक अनुरोधमा हेलिकप्टरहरू तत्काल प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाउन आग्रह गरेको हो ।
गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र संघबीच भएको सम्झौता लाई स्मरण गराउँदै विपद्को समयमा स्थानान्तरण र पुनस्र्थापना मा सहयोग गर्न अनुरोध गरेको छ ।
Facebook Comments