विपद्मा नागरिकलाई बचाउन राज्यको सबै स्रोत प्रयोग गर्छौं : प्रधानमन्त्री कार्की

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dde22c03cc9.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर निरन्तर भइरहेको भारी वर्षा र विपद् जोखिम लाई मध्यनजर गर्दै नागरिकको सुरक्षाका लागि राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छन् ।

आज देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गते बेलुकीदेखि जारी रहेको वर्षाले बाढी, पहिरो र कटानको उच्च जोखिम निम्त्याएको बताइन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन वर्षा जारी रहने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई उनले अपिल गरेकी हुन् ।

उनले सरकारी निकायहरू उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेको जानकारी दिइन् ।

“जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्,“ प्रधानमन्त्रीले भनिन् ।

जोखिमकै कारण सरकारले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न उनले अनरोध गरिन् ।


Facebook Comments