विपद्को समयमा उद्धार र राहतमा जुट्न महामन्त्री थापाको आग्रह


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभर भइरहेको भारी वर्षाले सिर्जित विपद् को अवस्थामा सबै नागरिक, पार्टीका नेता\कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई राहत, उद्धार र सेवामा सक्रियताका साथ जुट्न आग्रह गरेका छन् ।
आज वक्तव्य जारी गर्दै उनले सरकारले जारी गरेका सुरक्षा सूचनाहरूलाई व्यापक रूपमा प्रचारप्रसार गर्न र जोखिममा रहेका जनतालाई सचेत गराउन पनि विशेष जोड दिएका छन् ।
महामन्त्री थापाले नेपाली कांग्रेसका सबै तहका कार्यकर्ताहरूलाई पार्टीको निर्देशन आत्मसात् गर्दै आ–आफ्नो क्षेत्रमा सक्रिय रहन निर्देशन दिए ।
साथै, उनले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको र सबै निकाय तथा जनशक्तिले साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताए ।
Facebook Comments