आजको मौसम पूर्वानुमान : देशभर वर्षा हुने


काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायु को प्रभावले आज (आइतबार) पनि देशभर सामान्य बदली र वर्षा हुने क्रम जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेश का अधिकांश स्थानहरूमा पूर्ण बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
विशेषगरी कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको महाशाखाले उल्लेख गरेको ।
आज राति पनि कोशी, मधेश, बागमती प्रदेशलगायत देशका पहाडी भू–भाग मा बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ ।
Facebook Comments